२०८१ माघ ११ गते शुक्रवार / Jan 24 , 2025 , Friday
२०८१ माघ ११ गते शुक्रवार
Ads

हर्क साम्पाङले मिडिया स्टन्टबाजी मात्र गर्नुभयो : खानेपानी मन्त्री 

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते १४:२३
हर्क साम्पाङले मिडिया स्टन्टबाजी मात्र गर्नुभयो : खानेपानी मन्त्री 

काठमाडौंः खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टन्टबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।  

उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन । मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो । हामी काम गरेर देखाउँछौं ।’

उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए । ‘अहिलेका मेयरले पनि एकदमै मेहेनत गर्नुभयो । अलि अलि पानी त ल्याउनुभयो । त्यतिले पुग्दैन । संघ आफ्ना नागरिकलाई पानी दिन आतुर छ । प्रधानमन्त्री र मबीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं । एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ ।’


 

ADVADV

सम्बन्धित खबर

Advertise