२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते १६:५७
सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल

काठमाडौंः सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन्  । सम्पत्ति शुद्धीकरण निवारण स् कानुनी प्रावधान र जिम्मेवारी सम्बन्धी संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज भनेको प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण त्यो महत्वपूर्ण कुरा हो । प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुन आवश्यक छ । यसको देशभरी जग्गा कति ठाउँमा छ ? कुन–कुन कम्पनी कहाँ–कहाँ दर्ता गरेको छ ? त्यो संस्थाबाट उसले कति–कति कर तिर्यो र त्यो कर कानुन सम्मत छ कि छैन भन्ने कुराको एकीकृत डाटा प्रणालिमा पुर्‍याउनुपर्ने छ ।’

उनले सरकार अस्थिर हुँदा पनि सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या आएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कतिपय कामहरु समयमा हुन नसकेको बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको सन्र्दभमा हामीहरुले केही सुधारात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ । तर कहिँलेकाहीँ सरकार अस्थिर हुँदा पोलिसिमा समस्या हुने नै भयो । यसरी सरकार अस्थिर हुँदा कतिपय कामहरु समयमा हुन सकेनन् । समयमा कामहरु नहुँदाखेरी कतिपयलाई यसमा समस्या उत्पन्न भइरहेको  थियो । गएको  वर्ष  हामीले ऐन जारी गर्यौं चैतमा । चैतमा ऐन जारी भइसके पछाडि जुन रफ्तारमा नियमावली बनाउनुपथ्र्यो त्यो बन्न सकेन ।’
 

ADVADV

सम्बन्धित खबर

Advertise