२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

Nada
२०८१ माघ ११ गते १८:१०
Shares
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

चितवनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताएका छन् । टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताए ।

ncell

उनले भने, ‘मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।’ वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उनले बताए । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उनले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताए । उनले भने, ‘पर्यटन र वन एकापसमा जोडिएको छ । निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ ।’

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, नेकपा माओवादी नेत्री कञ्चन खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त, शून्य चोरीसिकारी अभियानका अध्यक्ष वसन्त राना, वनका अध्यक्ष बुद्धिसेन चौधरीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर