गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले घरमै पुगेर ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । शुक्रबार मेयर पन्थीले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर सम्मान गरेका वडा नम्बर –१ का वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए । मेयर पन्थीले हर्लिस, थर्मस र टोपी लगाइदिएर सम्मान गरेका थिए ।
शुक्रबार बिहान झन्डै ३५ जना जेष्ठ नागरिकलाई सम्मान गर्न घरमै पुगेका मेयर पन्थीले सधैं यसै गरी घरमै आएर सम्मान कार्यक्रम गर्ने अवसर प्राप्त होस् भनि आशिर्वाद लिएका थिए । वडा नम्बर १ वडा कार्यालयको आयोजनामा सञ्चालन भएको कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।