२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते २१:१८
बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरमा बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई वडाले विभागीय कारबाही गर्ने भएको छ ।

माघ ११ गतेदेखि वडाभित्रका स्कुल, स्वास्थ चौकी वडा कार्यालयका कर्मचारी अनुपस्थित भएमा कारबाही गरिने वडाध्यक्ष अनिरुद्ध यादवले बताए ।

उनले भने, ‘लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित नभएको पाइए निजहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने छ ।’ पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानुनबमोजिम कारबाही गरिने उनको भनाइ थियो ।

वडाभित्रको कार्यालयहरुमा  कार्यरत कर्मचारीले पटक-पटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा वडा बैठकले निर्णय गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise