२०८१ माघ १३ गते आइतवार / Jan 26 , 2025 , Sunday
२०८१ माघ १३ गते आइतवार
Ads

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : प्रचण्ड 

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते १०:१६
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : प्रचण्ड 

घोराहीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उनले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने भन्दै उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । 

शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उनले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताए । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी बनाउन शिक्षालय परिवारलाई आग्रह गरे । 

शहीद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभइ देशकै आदर्श र प्रतिक भएर नेपाली समाजमा स्थापित भइसकेको बताए । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित शहीद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गरेका थिए । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise