२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

Nada
२०८१ माघ १२ गते ११:०१
Shares
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखा : गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । 

ncell

“वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरु थालेको हो,” उनले भने, “अ‍ेबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउनुपर्दैन ।”

वडाबाट नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । “वडाले पहिलो पटक कार्यालयले बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो,” उनले भने, “अबदेखि नियमित रूपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौँ ।”

सम्बन्धित खबर