२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नवलपुरका किसान तोरी खेतीमा आकर्षित

Nada
२०८१ माघ १२ गते ११:४८
Shares
नवलपुरका किसान तोरी खेतीमा आकर्षित

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । 

ncell

अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

यस वर्ष जिल्लामा एक हजार एक सय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उनले बताए । गत वर्ष जिल्लामा एक हजार एक सय ७८ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको थियो । गत वर्षभन्दा यस वर्ष थप १६ हेक्टर क्षेत्रमा तोरी खेती विस्तार भएको प्रमुख तिवारी जानकारी दिए । 

“गत आर्थिक वर्ष २०८०र८१ मा एक हजार एक सय ७८ हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा एक हजार दुई सय ८३ मेट्रिकटन उत्पादन भएको थियो,” उनले भने, “आव २०७९/८० मा एक हजार दुई सय ८५ मेट्रिकटन तोरी उत्पादन भएको थियो ।”

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । प्रतिहेक्टर १।०८ मेट्रिकटनले उत्पादन हुने गरेको तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए ।  

“तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ,” उनले भने, “तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।”

असीदेखि ९० दिनमा तोरी खेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका छन् । 

बर्सौँदेखि तोरी खेती लगाउँदै आएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताए ।  “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ,” उनले भने “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ ।”

ताजा खबर

सम्बन्धित खबर