२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते १५:२८
सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्ने

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरूक समाज निर्माणमा साहित्यकारहरुको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । 

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उनले साहित्यमा समाजका हरेक कुरा प्रतिबिम्बित हुने बताए । मुख्यमन्त्री शाहले भने, “साहित्यको प्रवर्द्धन गर्न हामी सबै लाग्यौँ भने यो क्षेत्रलाई पनि सम्मानित रूपमा अगाडि बढाउन सकिन्छ । ”

प्राध्यापक तुलसी शर्माले प्रस्तुत कथा सङ्ग्रहमा अन्धविश्वास, जातीय विभेद, लैंगिक विभेद चित्रण गरिएको बताए । पुस्तकका लेखक पाण्डेयले कथाका माध्यमबाट जीवनका भोगाइ प्रस्तुत गर्ने जमर्को गरेको बताए । 

ADVenergy

सम्बन्धित खबर

Advertise