२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसको ‘ग्लोबल वेबिनार’

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते १७:५६
अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसको ‘ग्लोबल वेबिनार’

काठमाडौं : नेपाली कांग्रेसको शिक्षा विभागले ७औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा फर्चुअल माध्यमबाट ग्लोबल वेबिनार आयोजना गरेको छ । शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रूपमा आयोजित यो वेबिनार शनिबार सम्पन्न भएको हो ।

शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा १ लाख ५ हजारभन्दा धेरैको सहभागिता रहेको थियो । 

कार्यक्रममा विश्वव्यापी रूपमा परिवर्तन भइरहेका शिक्षा प्रणालीका नयाँ आयाम, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभाव, र शिक्षालाई व्यवस्थित बनाउने उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रविधिको महत्व औंल्याउँदै समय सापेक्ष शिक्षा नीति अंगिकार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यदि हामी प्रविधिलाई समयमै अंगाल्न सक्दैनौं भने विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौं । त्यसैले प्रविधि विकास र उपयोगमा ध्यान दिनुपर्छ ।’

शिक्षा विभाग प्रमुख महरले एआईको सदुपयोग र त्यसले मानव जीवनमा पार्न सक्ने प्रभावबारे चर्चा गरे । 

खुला विश्वविद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथोरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरणविद् डा. धर्म उप्रेती र भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थीलगायत विज्ञहरूले एआईको प्रभाव र शिक्षामा यसको उपयोगबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, नेपालका विश्वविद्यालयका भिसी, रेक्टर, रजिष्ट्रार, मन्त्रीहरू, र कांग्रेस पदाधिकारीसमेत गरी एक लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise