२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान

shivam cement
मध्यान्ह
२०८१ माघ १२ गते १८:१६
महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान

वीरगन्ज : नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख  इम्तियाज आलमले दोसल्ला र सम्मानपत्र सहित उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख इम्तियाज आलमले राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकाले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने बताउँदै त्यस्तोमा नलाग्न आग्रह गरे । सो क्रममा उनले स्व. पत्रकार नेहाल खानका परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्व. पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise