२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

‘समृद्ध दैलेख’ गुरुयोजना निर्माणका लागि छलफल

shivam cement
कुलेन्द्र शाही
२०८१ माघ १२ गते २०:२९
‘समृद्ध दैलेख’ गुरुयोजना निर्माणका लागि छलफल

सुर्खेत : दैलेखमा ‘समृद्ध दैलेख’ गुरुयोजना निर्माणका लागि बहस र छलफल गरिएको छ । ‘कृषि पर्यटन र पूर्वाधार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ गुरुयोजना निर्माण गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति दैलेखको आयोजनामा शनिवार बृहत् छलफल तथा बहस गरिएको छ । उक्त गुरुयोजना निर्माणका लागि शनिबार भएको छलफलमा जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूमा निर्वाचित सांसदहरू, जिल्लास्थित विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरू र जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत विज्ञहरूको सहभागिता रहेको थियो ।

गुरुयोजनाको कार्यपत्रमाथि कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले योजनाको स्वरूप राम्रो भएको बताउँदै सबै क्षेत्रका विज्ञहरूको सहभागितामा बजेट र सम्भाव्यताका विषयहरू समावेश गर्नुपर्ने सुझाव दिए । मन्त्री शाहले कार्यक्रमको आयोजना हुनु धेरै राम्रो भएको भन्दै गुरुयोजना तयार गर्दा आर्थिक पाटोलाई पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘हरेक योजनामा बजेटको कुरा जोडिन्छ । योजनामा कस्तो विषयवस्तु समावेश गर्ने, त्यसको बजेट कति हो, श्रोत के हो, त्यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।’ यस्तै, मन्त्री शाहले सामाजिक सुधार बिनाको समाज कल्पना गर्न नसकिने बताउँदै सामाजिक सुधारका विषयहरूमा (छुवाछुत, छाउपडी तथा बालविवाह) जस्ता कुरीति–कुसंस्कारहरूको अन्त्य गर्ने लगायतका विषयवस्तु योजनामा समावेश हुन आवश्यक रहेको बताए ।

समावेशिताको पक्षलाई ख्याल गर्दै गुरुयोजनालाई विशेषज्ञसँग जोडेर अन्तिम रूप दिन मन्त्री शाहले अनुरोध गरे । कार्यक्रममा उपस्थिति राजनीतिक दल, पालिका प्रमुख-उपप्रमुख, पत्रकार लगायत अन्य सहभागीहरूले आफ्नो धारणा व्यक्त गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise