२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

बौद्धिमाइमा सडक विस्तार विवाद : घरमै आगजनी, २५ बढी स्थानीय घाइते

hardik ivf
मध्यान्ह
२०८१ माघ १२ गते २१:४६
बौद्धिमाइमा सडक विस्तार विवाद : घरमै आगजनी, २५ बढी स्थानीय घाइते

रौतहट : रौतहटको बौद्धिमाइ नगरपालिकाको वडा नं.८ र ९ सरमुजवामा प्रहरीद्वारा स्थानीयको घर तोडफोड र आगजनी गरिएको छ । मेयर प्रदीप यादव र प्रहरीले जबरजस्ती स्थानीयको घरमा तोडफोड गर्नुका साथै आगजनी गरेको र विरोध गर्नेलाई घरमै पसेर कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् । 

मेयर यादवले मापदण्ड र छलफल नगरी मनोमानी तरिकाले सडक फराकिलो बनाउने र डोजर चलाउने गरेको स्थानीयले बताए । यस विषयमा पछिल्लो एक महिनादेखि विवाद हुँदै आएको छ । मेयर यादवले प्रहरीको सहयोगमा स्थानीयको घर तोडफोड, आगजनी एवं कुटपिटमा उत्रिएको स्थानीय एवं पूर्व वडाध्यक्ष श्रीभगवान पटेलले बताए । 

सरमुजवामा दुई सय भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । प्रहरीको कुटपिटबाट २५ भन्दा बढी स्थानीय घाइते भएका छन् । स्थानीयको घरका साथै, घर नजिकै राखिएको पराल, थ्रेसरमा आगजनी गरिएको पटेलले बताए । 

No description available.

यसअघि बौद्धिमाइ नगरपालिकाका मेयर यादवकाविरुद्धमा स्थानीयले नाराजुलुस गरेका थिए । बौद्धिमाइ नगरपालिकाको बंकुल बजारस्थित कार्यालय अगाडि स्थानीयले मेयरकोविरुद्धमा नारा लगाउँदै घेराउ समेत गरेका थिए । 

त्यसपछि मेयर यादवले आफ्नोविरुद्ध लाग्नेको घर भत्काउने र सडक विस्तारको नाममा दुःख दिएको स्थानीयले आरोप लगाएका छन् । 

पूर्व वडाध्यक्ष पटेलले मापदण्ड बनाएर सडक विस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा विपक्षीको घर भत्काउने र दुःख दिने गरेको आरोप लगाए । 

यसैबीच आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरमुजवा घटनाको विरोध गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमि आयाग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको साहले टिप्पणी गरेका छन् ।  

यसैबीच सरमुजवा घटनाको बारेमा आम जनता पार्टीले आपत्ति जनाएको छ । आजपाका प्रवक्ता चन्द्रभुषण साहले यथाशिघ्र सुधार गरी पीडित जनताहरुलाई न्यायको प्रत्याभूती दिलाउन तथा उदण्ड मेयर यादवलाई कानुनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise