रौतहट : रौतहट परोहा नगरपालिका वडा नं.८ मोतिपुर टोलस्थित पटेल चोकको सडक स्तरोन्नति गरिने भएको छ । उक्त सडकको आइतबार संघीय सांसद किरण साहले विधिपूर्वक शिलान्यास गरेका छन् ।
संसदीय विकास कोषको बजेट रोक्का भएपनि सांसद साहले आफ्नो पहलमा उक्त सडक स्तरोन्नति गर्न लागेका हुन् ।
सांसद साहको पहलमा गाउँमा अहिले सडक, नाला, शिक्षा, खानेपानी, विद्युत्सहितका योजनाहरू धमाधम अगाडि बढ्न थालेका छन् ।
गाउँमा सडक स्तरोन्नतिका साथै विकासले गति लिन थालेपछि स्थानीयहरु खुसी भएका छन् । रौतहट क्षेत्र नं २ मोतिपुर गाउँ विगतदेखि विकासले पछाडि परेको छ ।