काठमाडौं : म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ फ्रान्चाइजी मिस युनिभर्स नेपाल २०२० प्रारम्भ भएको जनाइएको छ । पहिलो अनलइन—एपब्युटी पेजेन्ट–मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलन गरिएको हो ।
मिस युनिभर्स नेपाल २०१७ मा नग्मा श्रेष्ठले स्थापना गरेकी हुन् भने नेपालको एक मात्र बहु—बिलियन डलर मल्टिनेशनल समूह सीजी कर्पोरेसन ग्लेबल यसको सह—संस्थापक हो ।
म नेपालीका लागि पहिलो इन–एप सौन्दर्य प्रतियोगिता आयोजना गर्नुको उद्देश्य कोभिड–१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा गर्नु र सौन्दर्यलाई लोकतान्त्रिकरणका साथै जहाँ जस्तो अवस्थामा भए पनि नेपाली युवाहरुलाई प्रतिस्पर्धा गराउने रहेको छ ।
संस्थापक नग्माले भनिन् ‘मेरा नजरमा नेपाली महिलाहरु शाहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिएँ । मलाई लस भेगासमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु । सपनाहरु साकार हुन सक्छन् । र, म के सुनिश्चितगर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाएजति समान अवसर छ , जित वा पराजित जे भए पनि त्यसले हामीलाई आफू र आफूले प्रतिनिधित्व गरेको देशप्रति गर्भवान्वित महशुस गराउँछ ।’
सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले प्रतिभाशाली तथा प्रेरणादायक नेपालकी पूर्व मिस युनिभर्स नग्मासंग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स ब्राण्ड नेपालमा ल्याउन पाउँदा आफू पनि निकै उत्साहित भएको बताए ।
प्रतियोगिता सञ्चालनका लागि जज प्यानमा अनुशा पीटरसन र जोनस गाफुड रहेका छन् । ग्राउन्ड ब्रेकिंग म नेपाली, मिस युनिभर्स नेपाल २०२० एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध हुने पनि जनाइएको छ ।
म नेपाली लिमिटेडले पहिलो पटक नेपालमा मिस युनिभर्सको आयोजनाले नेपाली संस्कृति, कलाकार र व्यक्तित्वको उत्कृष्ट प्रदर्शनले विश्वकै उत्कृष्ट पेजेन्ट मध्यको एक बन्ने अपेक्षा गरेको छ । कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्सकी नग्माका साथै मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल २०१८ की मनिता देवकोटा र सुपरस्टार इन्दिरा जोशी लगाएतको सहभागिता थियो । कार्यक्रममाम नेपालीकी क्रिएटिभ डिरेक्टर अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहल बारेमा जानकारी गराएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies