२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

भन्सार छलीको सामान बरामद

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १४ गते २१:०२
भन्सार छलीको सामान बरामद

रौतहट : रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो । 

सवारी साधनहरु चेकजाँच गर्ने क्रममा डिएल ४ एसएनडि ७७८० र बिआर ०५ आई ५६७७ नम्बरको मोटरसाइकलबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको सामान बराम गरेको छ । ७७ हजार रुपैयाँ बराबरको पेन्ट, कपडा, ग्रिज, ऐयरफोन, सेल्फी स्टिक र स्मार्ट वाच फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा  प्रहरी नायव उपरीक्षक दिपक कुमार रायलेउक्त सामानसहित २ वटा मोटरसाइकल र चालक शुभम पटेललाई नियन्त्रणमा लिएर कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise