२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

९३ कानुन व्यवसायी तथा मेलमिलापकर्ताले लिए शपथ

shivam cement
२०८१ माघ २६ गते ०६:३०
Shares
९३ कानुन व्यवसायी तथा मेलमिलापकर्ताले लिए शपथ

काठमाडौं : वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले शपथ लिएका छन् । वैदेशिक रोजगार न्यायाधीकरणले शुक्रबार आयोजना गरेको कार्यक्रममा न्यायाधीकरणका अध्यक्ष गोकर्ण डाँगीले उनीहरूलाई शपथ ग्रहण गराए । 

न्यायाधीकरणले गत १ पुसमा सोसम्बन्धी कसुर मुद्दामा मेलमिलापकर्ताका रूपमा काम गर्न सूचीकृत भएका कानुन व्यवसायी तथा मेलमिलापकर्ताको टुंगो लगाएको थियो । वैदेशिक रोजगारीमा हुने संस्थागत र व्यक्तिगत ठगीसम्बन्धी मुद्दाको फैसला (वैदेशिक रोजगार विभागबाट सजाय हुने भनी लेखिएकाबाहेक) न्यायाधीकरणबाट हुँदै आएको छ ।

इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय संचालन गरेमा, इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार विदेश पठाएमा, नाबालिगलाई वैदेशिक रोजगारीमा पठाएमा, सरकारले खुल्ला नगरेका मुलुकमा कामदार पठाएमा, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा तथा इजाजतपत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाएर ठगी गरेको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र न्यायाधीकरणको रहेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ३८१ मुद्दामध्ये २२९ फैसला भएका र त्यसमध्ये ५४ वटा मेलमिलापबाट टुंग्याइएको न्यायाधीकरणका रजिष्ट्रार दिनेश आचार्यले जानकारी दिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म गत आर्थिक वर्षको जिम्मेवारी सरेका १५२ र नयाँ दर्ता भएका ९९ मुद्दामध्येबाट ९० वटा फैसला भएका र त्यसमा २८ वटा मिलापत्रबाट टुंगिएका न्यायाधीकरणले जनाएको छ ।

रजिष्ट्रार आचार्यले पीडक र पीडितबीच मेलमिलाप गराएर शीघ्र न्याय दिलाउने र सबैलाई जितको भावना दिलाउने वातावरण बनाउनु मेलमिलापकर्ताको दायित्व रहेको बताए ।

सम्बन्धित खबर