२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

अध्यादेश पारित हुन नदिने अडानमा प्रचण्ड

draupadi film
मध्यान्ह
२०८१ माघ २९ गते १६:०६
अध्यादेश पारित हुन नदिने अडानमा प्रचण्ड

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसद छलेर ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित हुन नदिने बताएका छन् । 

पार्टीका अगुवा नेता कार्यकर्ताहरूलाई प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका प्रचण्डले मंगलबार पत्रकारहरूसँगको भेटघाटमा वर्तमान सरकारले संसदबाट ल्याउनुपर्ने कानुनहरू अध्यादेशबाट ल्याएर लोकतन्त्र र सार्वभौम संसदको अवमुल्यांकन गरेको आरोप लगाए । ‘प्रतिनिधि सभाको बैठक बोलाइसकेपछि सरकारले विभिन्न कानुनहरू अध्यायदेशबाट ल्यायो । अध्यादेश भनेको त विशेष परिस्थितिमा मात्र ल्याउने हो । यो सरकारका नितान्त बदनियत हो । यसका विरुद्धमा हामीले संसदमा विरोध जनाएका छौँ,’ उनले भने । 

उनले यसलाई अहिलेकै अवस्थामा राष्ट्रिय सभाबाट पारित हुन सक्ने अवस्था नरहको जनाउँदै राष्ट्रिय सभाबाट पारित हुन नदिने बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारको दुई तिहाईको दम्भलाई राष्ट्रिय सभाले काउन्टर गरेको पनि बताए । उनले भने, ‘सरकारले दुई तिहाईको अहंकारमा जे गरेपनि पास हुन्छ भन्ने ठानेको थियो । प्रतिपक्षलाई गनेकै थिएन् । तर राष्ट्रिय सभाले सरकारलाई राम्रै चेतावनी दिएको छ । आफ्नो धरातल पनि देखाएको छ । यसबाट सरकारले शिक्षा सिक्नुपर्छ । सबैको मान्य हुने काम गर्नुपर्छ ।’

प्रचण्डले मुलुक आर्थिक हिसाबले निकै संकटमा परेको बताए । सरकारले स्थानीय सरकारलाई दिनुपर्ने अनुदान कटौतीमा लागिरहेको उनले बताए । उनले भने, ‘यसैबाट मुलुकको आर्थिक अवस्था नाजुक भएको प्रष्ट हुन्छ । तर स्थानीय सरकारलाई प्रदान गर्ने अनुदान काटिनु भने राम्रो होइन् । यो गाउँको विकासमाथि खेलवाड हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारतिर नरहेको बताए । उनले भने, ‘हाम्रो ध्यान सरकारतिर छैन । अहिलेकै गठबन्धन २०८४ पछिसम्म जाओस् । त्यसमा हाम्रो कुनै चासो छैन । तर, सरकारले गर्ने काम जनताका हित विपरीत भएमा संसद र सडक दुवै प्रयोग गरेर खबरदारी हामी गरिरहन्छौँ ।’ उनले अहिलेको गठबन्धनमा नेकपा एमाले भन्दा नेपाली कांग्रेस तुलनात्मक इमान्दार रहेको बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise