२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

मुक्तक

hardik ivf
२०८१ फागुन ३ गते ०६:१०
मुक्तक

-कोपिला घिमिरे

ऊ फूल बनेर मेरै छेउमा झरोस्, यो जरुरी छैन
मेरै भरमा परोस्, मेरै पूजा गरोस्, यो जरुरी छैन
कसैप्रति हरतरहले समर्पित हुनुको आनन्द बेग्लै छ
मैले प्रेम गर्छु भने उसले पनि गरोस्, जरुरी छैन ।

कथा भएकै छैनन् पूरा, देखाउन मिल्दैन
नभई पूरा आधा अधुरा, देखाउन मिल्दैन
जतिसम्म सक्छु लेखौंला बरु मसी बनाएर 
विन्ती, नसोध मन दुखेको कुरा, देखाउन मिल्दैन ।

भित्ताका नि हुन्छन रे कान, बोल्नु हुँदैन
हुन्छ एक कान, दुई कान, मैदान, बोल्नु हुँदैन
नेताज्यूका विरुद्धमा धेरै भाषण नदिनुस् है !
सुने भने कर लगाउलान्, बोल्नु हुँदैन ।

अनौठो कहानी बन्नुभो हजुर त
यादै यादको खानी बन्नुभो हजुर त
एकैछिन नहेर्दा अन्धकार छाउने
यी आँखाका नानी बन्नुभो हजुर त ।

ADV

सम्बन्धित खबर

Advertise