२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

अमेरिकी समाजको चित्र

draupadi film
मध्यान्ह
२०८१ फागुन ३ गते ०६:१५
अमेरिकी समाजको चित्र

अमेरिका विश्वका अधिकांश मानिसहरूका लागि विविधतासहितको आकर्षणको देश हो । पुस्तक ‘डाइभर्सिटी एन्ड इमिग्र्यान्ट्स ड्रिम इन अमेरिका’ (विविधता र अमेरिका आप्रवासीहरूको सपना)ले अमेरिकामा शिक्षा, रोजगार, बसोबास, आप्रवासी कानुन, अध्यागमन, सफल आप्रवासी सामाजिकीकरण, अमेरिकामा आप्रवासीहरूले प्राप्त गर्ने अवसर र सुविधाहरूका बारेमा गहन चर्चा गर्ने प्रयास गरेको छ । 

यो पुस्तकको अध्ययनले अमेरिकी समाजमा आप्रवासीहरूका भाषिक र सांस्कृतिक मान्यताहरू र तिनका अभ्यासहरूको भिन्नतालाई जोड्नलाई ध्यान पुर्‍याउनुपर्ने कुराहरूलाई सहयोग गर्छ । अमेरिकी समाजको वास्तविक अवस्थाका बारेमा जानकारी दिनुका अतिरिक्त आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सामाजिक एकीकरण तथा समायोजनमा सहयोग गर्नुका साथै शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई पनि यो पुस्तक उपयोगी सामग्री बन्न सक्छ । 

जम्माजम्मी २४ वटा मुख्य अध्याय/शीर्षक र ८२ वटा उपशीर्षकहरू समेटिएको यस पुस्तकका लेखकद्वय कृष्ण कँडेल र आश्विन ढकाल हुन् । पुस्तकमा आप्रवासी सफल व्यवसायी तथा प्राज्ञिक व्यक्तिहरूको सफलताका कथाहरू पनि समावेश गरिएको छ । 

लेखक कँडेल नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाका पूर्वअध्यक्ष, एनआरएनए नेब्रास्का च्याप्टरका उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष एवं जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन नेब्रास्का च्याप्टरका अध्यक्ष तथा सोसल लिडर पनि हुन् ।

ADV

सम्बन्धित खबर

Advertise