२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

आर्थिक विकासको मार्गचित्र पहिल्याउने पुस्तक

draupadi film
२०८१ फागुन ३ गते ०६:२०
आर्थिक विकासको मार्गचित्र पहिल्याउने पुस्तक

नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले अर्थविद् शेरजंगबहादुर चन्दद्वारा लिखित पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक भएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित यो पुस्तक नेपाललाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन आवश्यक रणनीति, नीति र उपायहरूमाथि प्रकाश पार्छ ।

नेपालको दिगो विकासका लागि पुस्तकले विभिन्न महत्त्वपूर्ण विषयहरू समेटेको छ । लेखक शेरजंगबहादुर चन्दले औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास, संचार प्रविधिको सशक्तीकरण, शहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम् आविष्कारहरूमा जोड, अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरूलाई पुस्तकमा समावेश गरेका छन् ।

पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिका उपाय, पर्यटन क्षेत्रको विकास, नेपाललाई प्रमुख पर्यटन गन्तव्य बनाउन सकिने रणनीति, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन नीति, स्थानीय समुदायको संलग्नता र फाइदा जस्ता विष्या छन् । यसरी नै वैदेशिक लगानीको आकर्षण,    लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यकताहरू, नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने रणनीति, नेपालका सम्भावित क्षेत्रहरूमा लगानी अवसर, भौतिक संरचनाको विकास, सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकास, पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी (एएए)को भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति, संचार तथा प्रविधि, डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसंचार पूर्वाधारको विस्तारलगायत विषय समेटिएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय व्यापार सन्धिहरूको लाभ उठाउने रणनीति, अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरू, विश्वका सफल अर्थतन्त्रहरूको अध्ययन, दक्षिण कोरिया, सिंगापुर, चीन तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने नीतिहरू, नेपालका लागि उपयोगी उपायहरू पनि यसमा छन् । यो पुस्तक नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ताहरू, विद्यार्थी तथा समग्र रूपमा नेपाललाई समृद्ध बनाउन चाहने सबै पाठकका लागि उपयोगी हुने टिप्पणीकर्ताहरूले बताएका छन् ।

नेपालको आर्थिक विकासमा ठोस कदम चाल्न आवश्यक पर्ने सूचनाहरू यस पुस्तकमा समेटिएका छन्, जसले दीर्घकालीन विकासको मार्ग प्रशस्त गर्ने छ । लेखक शेरजंगबहादुर चन्द एक अनुभवी अर्थविद् हुन्, जसले नेपालको आर्थिक नीति तथा समग्र विकास रणनीतिहरूमा विशेष अध्ययन गरेका छन् । उनको अनुभव तथा विश्लेषणको मिश्रणले यो पुस्तकलाई नेपालका लागि एक मार्गदर्शक दस्तावेज बनाएको छ । पुस्तक इन्डिगो इन्कबाट प्रकाशित भइसकेको छ र पाठकहरूले यसलाई देशभरका प्रमुख पुस्तक पसलहरू तथा अनलाइनमार्फत प्राप्त गर्न सक्छन् ।

ADV

सम्बन्धित खबर

Advertise