२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेशमा हटेन बालविवाह

ADV
२०८१ असार १६ गते ०६:५०
मधेशमा हटेन बालविवाह

काठमाडौं : शिक्षा र आर्थिक रुपमा कमजोर मधेश प्रदेशमा बाल विवाहको संख्या डरलाग्दो छ । सरकारले २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने भनेको छ । तर, मधेश प्रदेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी रहेको पाइएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकअनुसार मधेश प्रदेशमा १५ देखि १७ वर्षभित्र विवाह गर्नेको संख्या २७.७ प्रतिशत छन् । १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो संख्या ३७.२ प्रतिशत हुन्छ ।

अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको संख्या ५० प्रतिशतमाथि पुगेको हो ।

बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएका रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरी मधेशमा विवाह हुने सालाखाला औसत उमेर १८ वर्ष रहेको रहेको बताउँछन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक अभिलेखमा पनि यही उल्लेख छ । 

बालविवाहको यो पाटो बाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको छ । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पत्ति हेरेर उमेर नपुगेकी छोरी दिनेहरु समाजमा अझै बाक्लै रहेको सरकारी अधिकारीहरू बताउँछन् । 

बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक संघसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका छन् ।

यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका छन् 

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् ।

मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise