२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

लहानमा दुई अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल बनाइने

Nada
२०८१ फागुन २८ गते १०:५३
Shares
लहानमा दुई अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल बनाइने

सिरहा : लहान नगरपालिका-४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण संघद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको रु. दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा. सञ्जयप्रसाद साहले जानकारी दिए।

ncell

डा. साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । “आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,” उनले भने

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्व प्रसिद्ध मुटु शल्य चिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए। अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे । 

ताजा खबर

सम्बन्धित खबर