२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तीनै तहका सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

Nada
२०८१ चैत २ गते १४:२३
Shares
तीनै तहका सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयनमा बजार अनुगमन कार्यलाई तिव्रता दिदै आएको बताएका छन् ।

ncell

शनिबार विश्व उपभोक्ता अधिकार दिवस, २०८१ एवं उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उनले स्वच्छ र प्रतिस्पर्धी  बजार प्रणालीमा सामाजिक र कानुनी मान्यता विपरितका समस्यालाई समाधान गर्न बजार अनुगमन कार्यलाई तिव्रता दिएको बताएका हुन् ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार प्रणालीमा सामाजिक र कानुनी मान्यता विपरितका यावत समस्याहरुलाई समाधान गर्नेगरी नेपाल सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयनमा अनुगमन कार्यलाई तिव्रता दिदै आएको छ,’ उनले भने । 

उनले निरन्तर गुणस्तरीय अनुगमन तथा नियमनले बजार उपभोग्ताको हित र व्यवसायी स्वार्थबिच उचित सन्तुलन कामय गर्दै देश विकासको मार्ग निर्धारण गर्ने पनि बताए । 

उनले थप भने, ‘खासगरी नगन्य किसिमका उपभोक्ता हक, हितका विपरित कार्य गरेको अवस्थामा वा उत्पादनको वितरकले आफ्नो दायित्व गम्भीर उल्नघन गरेको अवस्थामासरकारको अनुगमन कार्य दण्डकारी कार्यहरुले मात्र नपुग्ने भएर नेपाल सरकारले यो उपभोक्ता अदालत स्थापना गरेको हो ।’ 

मन्त्री भण्डारीले नेपाल सरकारको अनुगमन र नियमन कार्यमा उपभोक्ता अदालतको अभाव सधै महसुस भइरहेको पनि बताए । 
 

ताजा खबर

सम्बन्धित खबर