२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

hardik ivf
मध्यान्ह
२०८१ चैत २ गते १५:३३
वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

पर्साः वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो । 

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालू आव  बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । 

वीरगञ्ज भन्सारले चालू आवको साउनमा रु १२ अर्ब १५ करोड भदौमा रु १३ अर्ब ४२ करोड,असोजमा रु १३ अर्ब ४७ करोड  कात्तिकमा रु ११ अर्ब १० करोड र मङ्सिरमा भने रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालू आवको  सबैभन्दा धेरै अर्थात् रु १५ अर्ब ४७ करोड र माघमा रु १४ अर्ब ४४ करोड र फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise