२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पोखरा फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतद्वारा शपथ ग्रहण

Nada
२०८१ चैत २ गते १९:५६
Shares
पोखरा फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतद्वारा शपथ ग्रहण

पोखरा : पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदीय जिम्मेवारीको सपथ लिएका छन् । फाइनान्स सञ्चालक समितिको ५४७औँ बैठकको निर्णयअनुसार चैत १ देखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थाका अध्यक्ष राजकुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

ncell

कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले प्रमुख कार्यकारी अधिकृत गुरुङलाई बधाई तथा शुभकामना दिँदै नेपाल राष्ट्र बैंकको निर्देशिकाको अनुपालना तथा संस्थागत सुशासनबाट संस्थाको साख तथा प्रतिष्ठालाई पुन उचाइमा पु¥याउन र व्यावसायिक सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै हाल संस्थामा रहेको चुनौतीहरुको समाधान गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना गरी संस्थाको प्रगति तथा संस्थाको निक्षेपकर्ता, कर्मचारी र शेयरधनीको हीतका लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर