२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

draupadi film
मध्यान्ह
२०८१ चैत ४ गते १७:२६
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

पर्साः जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम हुने जानकारी दिए । 

कार्यालयले उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा पनि प्रदान गर्ने जनाएको छ । यस अघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise