काठमाडौंः प्रधान सेनापति अशोक राज सिग्देलले राम प्रसाद अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
हालै बढुवा भएका अधिकारीलाई प्रधान सेनापति सिग्देलले बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सँगै मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।