२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

मोरङमा रड प्रहार गरी एक पुरुषको हत्या, दुई जना पक्राउ

Nada
२०८३ कार्तिक २३ गते १०:४४
Shares
मोरङमा रड प्रहार गरी एक पुरुषको हत्या, दुई जना पक्राउ

काठमाडौँ : मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनमाथि उनकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेका थिए । रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो । घटनापछि फरार रहेकी कमली बास्केलाई आज बिहान करिब ७:३० बजे खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर