२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

draupadi film
मध्यान्ह
२०८१ चैत ८ गते ११:३७
सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

तनहुँः भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो । 

पुल रु दुई करोड ५९ लाख ५७ हजारमा वि.सं. २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो । वि.सं. २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे । 

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ । 

ADV

सम्बन्धित खबर

Advertise