गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमसहित ४२ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन् ।
गत असोज २६ गते महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले गणपति बमसहित १ सय २ जनाको स्वाव संकलन गरी उक्त स्वावको नमुना कोरोना परीक्षणका लागि डडेल्धुराको प्रयोगशालामा पठाएको थियो । जसमध्येबाट ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख मोहन महराले मध्यान्हलाई जानकारी दिए ।
कोरोना संक्रमित ४२ जना सबैले कोरोनालाई जित्न सफल भएका छन् । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बम सहित १७ जना, नेपाल रेडक्रस सोसाईटी शाखा दार्चुलाका सभापति गोपाल सिंह महरसहित ३ जना, कारागार कार्यालय दार्चुलाका २ जना कैदी र मोहती बस्ने श्यामराज अवस्थीसहित २० जना स्थानीयले समेत कोरोना जित्न सफल भएका हुन् ।
कोरोना संक्रमण पुष्टी भएका व्यक्तीहरुमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएमा स्वतः कोरोना जितेको मानिने तथा उनीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार डिस्चार्ज गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies