२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी

draupadi film
मध्यान्ह
२०८१ चैत ९ गते १५:१२
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी

काठमाडौंः प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवर्द्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताकालागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् । 

यसैबीच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान : ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । 

जल शक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीब्र सामुदायिक पहल’माथि जोड दिएको छ । अभियानले जलवायु परिवर्तन र बढ्दो  जलजन्य चुनौतिको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको  सञ्चयलगायतलाई  जोड दिएको छ  । 

अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हितग्राहीहरू बीच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ । अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो ।

अभियानले नागरिकलाई  जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न  आह्वान गरेको छ  । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा वार्षिक रुपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।   

ADV

सम्बन्धित खबर

Advertise