पर्सा : वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु. ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।
कार्यालयले गत साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा रु. चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा रु. चार अर्ब ३६ करोड, कात्तिकमा रु. तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा रु. तीन अर्ब २२ करोड, पुसमा रु. तीन अर्ब ५६ करोड, माघमा रु. चार अर्ब २९ करोड र फागुनमा रु. चार अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।