काठमाडौं : जी मोटर्सले काठमाडौंको नक्सालमा स्काईवेलको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच शोरुमको उद्घाटन गरेका हुन् ।
यससंगै नेपालमा स्काइवेलको शोरुम संख्या पाँच पुगेको छ । भक्तपुरको राधेराधेमा पहिलो शोरुम खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको विक्री वितरण सुरु गरेको थियो ।
चीनमा उत्पादन भएर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।
नेपाल भित्रिएको एक वर्षमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सफल स्काइवेलले हालसम्म १०० भन्दा बढी एसयुभीहरू विक्री गर्न सफल भएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
‘हामीले नेपाल भित्र्याएको सबैभन्दा बढी रेन्ज दिने ईटी-५ को सफलतापछि अहिले सुलभ मुल्यमा बिई-११ मोडल ल्याएका छौ । बीई-११ को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुट दिएर ७५ लाख ९० हजारमै बिक्री गरिरेका छौ । यसबाट ग्राहकले सुलभ मूल्यमै स्कइवेललको प्रिमियम ईभी प्रयोग गर्न पाउनुभएको छ’ उनले भने ।