काठमाडौं : प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन ‘ई.एमएएस७’ लाई नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सावरीसाधन नेपाली बजार भित्रिएको जानकारी गराइएको हो ।
प्रोटोन ‘ई.एमएएस७’ दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ । जसको मूल्य ५६ लाख ९९ हजार देखि सुरु हुन्छ । यो सवारी साधन छ वटा आकर्षक रङ्गमा उपलब्ध छ । जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ । प्रोटोन ‘ई.एमएएस७’ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट छन् ।
जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा प्रोटोन ‘ई.एमएएस७’ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने, 'नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।'
नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ ।