२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मन्जुश्री फाइनान्सको देशभर वित्तीय साक्षरता कार्यक्रम 

Nada
२०८१ चैत १० गते ११:३०
Shares
मन्जुश्री फाइनान्सको देशभर वित्तीय साक्षरता कार्यक्रम 

काठमाडौं : मन्जुश्री फाइनान्सले ग्लोबल मनी विकको अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । 

ncell

फाइनान्सले आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको जनाएको छ । 

ग्लोबल मनी विकमा फाइनान्सले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो ।  फाइनान्सले विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी, गृहिणी कृषक तथा आम जनमानसहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको हो । 

फाइनान्सले बैंक तथा वित्तीय संस्थासंग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, स्मार्ट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको हो । फाइनान्सले विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका र प्रभातफेरी समेत आयोजना गरेको थियो । 
 

ताजा खबर

सम्बन्धित खबर