काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलामा ९ सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । १५ रुपैयाँले घटेर आज तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।