२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १७:५६
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग

काठमाडौंः नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै सो निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताउँदै तत्काल फिर्ता लिन माग गरेको हो । 

पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise