२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दारको मृत्यु

Nada
२०८३ मंसिर ४ गते १३:०८
Shares
टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ : उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी हवल्दार डोलनाथ ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढकालले बिहीबार साँझ टोखामा आफैँलाई गोली प्रहार गरेको देखिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार घटनामा घाइते भएका ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ढकाल टोखामै बस्दै आएका थिए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थपलियाले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर