२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

बीमा व्यवसाय : बीमालेख संख्या र बीमा शुल्क आम्दानी दुवै बढ्यो

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते ०७:३६
बीमा व्यवसाय : बीमालेख संख्या र बीमा शुल्क आम्दानी दुवै बढ्यो

नारायण अर्याल
काठमाडौं : बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानी र बीमालेख संख्या दुवै वृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्ष (आव)को ८ महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा सञ्चालनमा रहेका बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा १०.५६ प्रतिशत र बीमालेख संख्यामा ९.६६ प्रतिशत वृद्धि भएको छ ।

बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ९ अर्ब ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । जबकी गत आवको सोही अवधिमा ती कम्पनीहरूको यस्तो आम्दानी ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ मात्रै रहेको थियो । समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूले ११ प्रतिशत बढी आम्दानी गरेका हुन् ।

तथ्यांकअनुसार चालु आवको समीक्षा अवधिसम्म सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । ती कम्पनीहरूले गत आवको सोही अवधिमा २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका थिए । चालु आवको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आम्दानीमा ८.९१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा तथ्यांकअनुसार कम्पनीहरूले चालु आवको समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा जीवन, निर्जीवन, वैदेशिक रोजगार, म्यादी र लघु बीमालेखको संख्या बढी जारी गरेका छन् । समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा जीवन, म्यादी तथा लघु र वैदेशिक रोजगार बीमालेख संख्या क्रमशः १.९१, १.७४ र २१.२४ प्रतिशतले बढाएका हुन् ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीको सक्रिय बीमालेखको संख्यामा गत आवको सोही अवधिको तुलनामा ३.१२ प्रतिशतले वृद्धि भएको छ भने चालु आवको सो अवधिमा गत आवको सोही अवधिको तुलनामा १७.६ प्रतिशत बढी बीमालेख जारी भएको छ । त्यस्तै, चालु आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या २० लाख ७३ हजार ४६३ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले धेरै हो ।
 

ADV

सम्बन्धित खबर

Advertise