काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । २ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।
मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो ।