२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

गौरमा मनाइयो नेत्रज्योति दिवस

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १३ गते १४:५३
गौरमा मनाइयो नेत्रज्योति दिवस

रौतहट : नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवस रौतहटको गौरमा विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ । 'हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी' भन्ने मूल नारासहित आयोजना गरिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।

४७औं नेत्रज्योति दिवसको अवसरमा गौरको बी.पी. चोकबाट सुरु भएको प्रभातफेरी भन्सार हुँदै राइस मिलसम्म पुगेको थियो । प्रभातफेरीमा नेपाल नेत्रज्योति संघका प्रतिनिधिहरू, गौर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ताहरू र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

राइस मिलमा आयोजित कोणसभामा गौर आँखा अस्पतालका प्रमुख नगेन्द्र चौधरीले नेत्र स्वास्थ्यको महत्वबारे प्रकाश पार्दै नियमित आँखा जाँच गर्नुपर्नेमा जोड दिए । उनले भने, "आँखालाई माया गरौं । समय समयमा आँखा जाँच गराए दृष्टिविहीन हुनबाट बच्न सकिन्छ।"

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपालमा नेत्र स्वास्थ्य सेवाको गुणस्तर सुधार भइरहेको बताए । विशेषगरी भारतबाट समेत बिरामीहरू नेपालमा आँखा उपचारका लागि आउने क्रम बढेको भन्दै उनीहरुले खुसी व्यक्त गरेका थिए । नेपालका आँखा अस्पतालहरूमा अनुभवी चिकित्सक, आधुनिक प्रविधि र सुलभ सेवाका कारण भारतका नागरिकहरू समेत नेपालमा उपचार गर्न आउने गरेको कार्यक्रममा जानकारी दिइयो ।

नेत्रज्योति दिवसको अवसरमा "लभ योर आइज एट वर्क" भन्ने सन्देश प्रवाह गरिएको थियो । गौर आँखा अस्पतालको व्यवस्थापनमा सम्पन्न कार्यक्रमले नेत्र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन् ।

नेपाल नेत्रज्योति संघले आगामी दिनमा पनि निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्ने, ग्रामीण भेगमा सेवा विस्तार गर्ने तथा नेत्र स्वास्थ्यसम्बन्धी जानकारी पुर्‍याउने योजना सार्वजनिक गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise