२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते ०८:०२
आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

कैलाली : कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख र अन्यतर्फ रु एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो ।  चालु आवमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख र कात्तिकमा रु ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा रु ८१ करोड १३ लाख, पुसमा रु ६५ करोड ८७ लाख, माघमा रु ७३ करोड दुई लाख र फागुनमा रु ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको बताए । 

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise