२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पत्रकारलाई बदनाम गर्नेलाई कानुनी कारबाही गर्ने महासंघको चेतावनी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १४ गते ०९:४६
Shares
पत्रकारलाई बदनाम गर्नेलाई कानुनी कारबाही गर्ने महासंघको चेतावनी

रौतहट : समाजिक संजालमा पत्रकारहरूलाई सामुहिक बदनाम गराउने जो-कोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । 

ncell

महासंघका सचिव गौतम श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै, केही समयदेखि सामाजिक संजालमा संञ्चारकर्मी, पत्रकारहरूलाई सामुहिक रूपमामा बदनाम गर्नेगरी केही व्यक्तिहरूले अशिष्ट भाषाको प्रयोग गरी तथानाम लेख्ने गरेकोप्रति संघको ध्यानाकर्षण भएको जनाए । जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्र सँगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सबै संचारकर्मीलाई बदनाम नगर्न आग्रह गरिएको छ । 

विज्ञप्तिमा कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरी सम्बन्धित निकायमा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय भएको भन्दै यस्तो हर्कत गर्नेलाई कानुनी कारबाही गरिने उल्लेख छ ।

समाजिक संजालमा बिना प्रमाण पत्रकारहरूलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरी गालिगलौज गर्ने कार्य भएमा सोविरुद्ध कानुनी कारबाहीमा जान बाध्य हुने भन्दै महासंघले त्यस्ता किसिमको घटना नगर्न अपिल गरेको छ  । 

साथै जारी विज्ञपतिमार्फत संचारकर्मीहरूलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासंघले तोकेको पत्रकार अचार संहिताभित्र रहेर आफ्नो जिम्मेवारी र दायित्वबमोजिम काम गर्नसमेत आग्रह गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहट शाखाको बुधबार बसेको बैठकले सह-सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष संन्जय कुमार कार्कीले जनाकरो दिए ।

सम्बन्धित खबर