२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १३:४२
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

बागमतीः मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउने अभियान सञ्चालन गरेको हो । 

आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ जना आबद्ध भइसकेका गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक गत फागुन २६ गते ९९ जना श्रमिक कोषमा आबद्ध भएका छन् ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकले तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् रु एक हजार १९० र गाउँपालिकाले रु एक हजार १४ गरी रु दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा श्रमिकलाई कोषमा आबद्ध गराउन रु २५ लाख बजेट विनियोजन गरेको छ । गत आवमा रु १३ लाख बजेटबाट श्रमिकलाई कोषमा आबद्ध गराउने कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।  

सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मतृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्थाको सुरक्षा योजनाबाट लाभाम्वित हुने उनले बताए । श्रमिक दम्पती र कोषमा आबद्ध भएका परिवारका १८ वर्षमुनिका बालबालिका पनि विभिन्न योजनामा सहभागी भइ उल्लेख सुविधा प्राप्त गर्ने उनले जानकारी दिए ।

यसैबीच, भिमफेदी गाउँपालिकाले सञ्चालन गरेको अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने योजनाको प्रक्रिया र अवस्थाबारे केही दिनअघि काठमाडौं महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, माडी नगरपालिका, शङ्करापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको टोलीले अध्ययन गरेको थियो ।   

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise