२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

गजेन्द्रनारायण स्मृति अस्पतालमा १ छात्रा झुण्डिएको अवस्थामा फेला

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १४ गते १४:०९
गजेन्द्रनारायण स्मृति अस्पतालमा १ छात्रा झुण्डिएको अवस्थामा फेला

रौतहट : रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको छात्रावासमा डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत भेटिएकी छन् ।

गरुडा नगरपालिका-१ जयनगरमा रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्रावासमा बिहीबार बिहान बाराको विश्रामपुर घर भएकी १८ वर्षीया सुमन कुमारी बैठा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत बैठा आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बैठादर् आत्महत्या गरेकी हुन् वा हत्या भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

बैठाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise