२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

एभरेष्टद्वारा २०८२ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते २०:४७
एभरेष्टद्वारा २०८२ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं : एभरेष्ट बैंकले आगामी वर्ष २०८२ सालको कर्पोरेट पात्रो सार्वजनिक गरेको छ । बिहीबार एक विशेष समारोहकाबीच बैंकले आगामी वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको हो ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखि नै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise