२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

निषेधित क्षेत्र तोड्‌न खोज्दा राजावादी र प्रहरीबीच धकेलाधकेल

draupadi film
मध्यान्ह
२०८१ चैत १५ गते १३:०७
निषेधित क्षेत्र तोड्‌न खोज्दा राजावादी र प्रहरीबीच धकेलाधकेल

काठमाडौं : गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

राजावादी समूहलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वरस्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ ।

शंकास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ । प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।

यसैबीच तीनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा धकेलाधकेल भएको हो । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise