२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

कुलमान हटाइएको बारे प्रधानमन्त्रीले जबाफ दिने

himalayanlife
२०८१ चैत १५ गते १५:२०
Shares
कुलमान हटाइएको बारे प्रधानमन्त्रीले जबाफ दिने

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङलाई पदमुक्त गराइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरुबीचको छलफलबाट प्रधानमन्त्रीले १८ गतेको सदनमा कुलमानको विषयमा जवाफ दिने सहमति जुटेको हाे । 

सोही विषयलाई लिएर प्रतिपक्षी दलहरुले लगातार उनको जवाफको माग गर्दै बैठक अवरुद्ध गरिरहेका छन् । प्रतिप्रक्षीहरुले यस विषयमा प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिएमात्रै सदनको अवरोध हटाउने बताउँदै आएका छन्। 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट बर्खास्त गरेको थियो।

ताजा खबर

सम्बन्धित खबर