काठमाडौं : राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ ।
सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युज टेलिभिजनका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी गरेका थिए ।